जापान नयाँ सुरक्षा रणनीति अपनाउदै
२ पुस – चीनलाई टक्कर दिने उद्देश्यले जापानको मन्त्रिपरिषदले राष्ट्रिय सुरक्षा सम्बन्धि नयाँ रणनीति पारित गरेको छ ।
रणनीतिमा पाँच वर्षे सैन्य सुदृढीकरण योजना र १० वर्षे रक्षा आचारसंहीता समावेश गरिएको छ ।
नयाँ रणनीति अनुसार पाँच वर्षमा रक्षा खर्चमा २ दशमलव ६ प्रतिशतको वृद्धि हुनेछ । बढाउने छ । आफ्नो स्वामित्व दावी गर्दै आएको विवादीत टापुहरुको सुरक्षालाई केन्द्रित गरी आउँदो पाँच वर्षमा जापानले ड्रोन र सैन्य विमान तथा गाडी खरिद गर्नेछ भने नयाँ जल तथा स्थल सैन्य फोर्स गठन गर्ने छ ।
जापानको नयाँ सुरक्षा रणनीतिलाई चीनको बढ्दो क्षेत्रीय दावी र बढ्दो रक्षा खर्चप्रति लक्षित गरिएको छ । चीनले हवाई क्षेत्र तथा समुद्रको माध्यमबाट इष्ट चाइना सी र साउथ चाइना सी लगायतका क्षेत्रमा स्वघोषित रुपमा आफूलाई बलियो देखाउन खोजेको र यो स्थापीत अन्तर्राष्ट्रिय मान्यताको विरुद्धमा रहेकाले उसलाई टक्कर दिनका लागि रक्षा क्षमता विस्तारमा जापानले जोड दिएको छ ।प्रधानमन्त्री सिन्जो अबेले नयाँ रणनीति स्पष्ट र पारदर्शी रहेको दावी गर्नुभयो ।- एजेन्सी