अल कायदाले गल्ती स्वीकार्यो
८ पुस । यमनको प्रतिरक्षा मन्त्रालयको अस्पतालमा गरेको घातक आक्रमणका गल्ती भएको स्वीकार्दै माफी मागेको छ ।अल्कायदाले एक भिडियोमार्फत सो घटनाको भत्र्सनाका समथ पूर्ण जिम्मेवारी लिँदै मृतकका परिवारलाई क्षतिपूर्ति दिने बताएको छ । अल–कायदा इन द अरेबियन पेनिनसुलाले यस आक्रमणका लागि जिम्मेवारी लिएको थियो ।सो समूहका सैनिक प्रमुखले अस्पतालमा आक्रमणका लागि अधिकार नदिइएको बताउँदै प्रतिरक्षा मन्त्रालयमा आक्रमण गर्न भनिएको र अस्पतालनमा नभनिएको बताएका छन् । उनले आक्रमणकारीलाई अस्पताल तथा प्रार्थनाहलमा आक्रमण नगर्न भनिएको तर एक आक्रमणकारीले आदेश पालना नगरेको उल्लेख गरेका बीबीसीले जनाएको छ ।प्रतिरक्षा मन्त्रालयको परिसरमा डिसेम्बर ५ मा दिउँसो भएको क्रूर आक्रमणमा ५६ व्यक्तिको मृत्यु भएको थियो । मर्नेमा विरामी तथा फिलिपिन्स, जर्मनी, भियतनाम तथा भारतका उपचारकर्मी पनि परेको बताइएको छ ।-एजेन्सी