मस्जिदमा भएको भागदौडमा १४ जनाको मृत्यु
बेइजिङ, २२ पुस ।चीनको उत्तर–पूर्वी शासी क्षेत्रको एक मस्जिदमा भएको भागदौडमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । निजिया इलाकामा भएको उक्त घटनामा अन्य १० जना घाइते भएका छन् ।सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार एक मस्जिदमा धार्मिक नेतालाई श्रद्धाञ्जली दिन आयोजित कार्यक्रमका क्रममा उक्त घटना भएको हो ।प्रहरीका अनुसार भागदौडको कारण अहिलेसम्म पत्ता लागेको छैन । स्थानीय प्रशासनले घटनाबारे छानबिन गर्न एक समिति तयार गरेको छ ।