दक्षिण सुडानमा हिंसा रोकिएन

२०७० पुष २२ गते, सोमबार

सुडान, २२ पुस । सरकार र बिद्रोही पक्ष बिच वार्ता जारी रहदा रहदै दक्षिण सुडानमा बिद्रोहीहरुको आक्रमणमा परि एक जना सैनिक जनरलको मृत्यु भएको छ । सुरक्षार्थ खटिएका सैनिक जनरल दक्षिण सुडानको बोर शहरमा विद्रोहीहरुको एम्बुसमा परि जनरल मारिएका हुन् ।
बिद्रोहरुले थापेको विद्युतिय धरापमा परि सैनिक जनरलको मारिएको पुष्टि भएपनि नाम सार्वजनिक गरिएको छैन । हिंसा अन्त्य गर्ने प्रयास स्वरुप ईथियोपियामा शान्ती वार्ता भैरहेको छ । जारी शान्ती वार्तामा सहमति खोज्ने प्रया भैरहेका बेला बिद्रोहीको आक्रमणमा बरिष्ठ सैनिक नै मारिएपछि सुडानको हिंसाले थप चर्को रुप लिएको छ ।
सुडानमा राष्ट्रपति सेल्वा किर र पूर्व उपराष्ट्रपति रिक माचार बिचको शत्ति संघर्ष चुलिएपछि हिंसाको रुप लिएको हो । हिंसामा हजार बढिको ज्यान गै सकेको छ भने २ लाख भन्दा धेरै नागरिक बिस्थापित भएको बीबीसी अनलाइन संस्करणले लेखेको छ ।

प्रतिक्रियाहरु

[anycomment]