सबैभन्दा प्रशंसनीय व्यक्ति विल गेट्स
काठमाडौं, २९पौष । बेलायतको प्रसिद्ध पत्रिका टाइम्सले सार्वजनिक गरेको विश्वमा सबैभन्दा प्रशंसनीय जिवित व्यक्तिको सुचीमा माइक्रो सफ्ट कम्पनीका संस्थापक बिल गेट्स पहिलो नंबरमा परेका छन् । १३ देशका करिब १४ हजार मानिसले भाग लिएको सर्वेक्षणमा बिल गेट्सले १० दशमलब १० प्रतिशत मत पाएका थिए ।
यस्तै दोस्रो स्थानमा अमेरिकी राष्ट्रपति बाराक ओबामा परेका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तेस्रो स्थानमा छन् । सूचीको चौथो स्थानमा परेका इसाई धर्मगुरु पोप फ्रान्सिस्ले भने राष्ट्रपति ओबामाले भन्दा दुई गुणा बढी अमेरिकीहरुको मत पाएका थिए ।
टाइम्स्को सूचिमा चीनका राष्ट्रपति सी चिनफिङ छैठौं स्थानमा परेका छन् । त्यसैगरी शीर्ष दश जनामा भारतमा चार जना पर्न सफल भएका छन् । पांचौ स्थामा क्रिकेटर सचिन तेन्दुलकर, भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी सातौं, अमिताभ बच्चन नवौं र पूर्व राष्ट्रपति अब्दुल कलाम दशौं स्थानमा रहेका छन् ।
यस्तै अन्ना हजारे १४औं र अरविन्द केजरीवाल १८ औं स्थानमा पर्न सफल भएका छन् । पाकिस्तानको इन्साफ पार्टीका अध्यक्ष इमरान खान १२ औं स्थानमा परेका छन् ।