निष्कासनमा परे अमेरिकी पत्रकार
१ माघ । रसियाले अमेरिकी वरिष्ठ पत्रकार तथा विद्वान डेविड स्याटरले प्रवेशाज्ञासम्बन्धी नियम उल्लंघन गरेकाले उनलाई निष्कासन गरिएको जानकारी दिएको छ । यस घटनाका कारण शीतयुद्धताकाका यी दुई प्रतिद्वन्द्वीबीचको सम्बन्ध थप चीसो हुने अनुमान गरिएको छ ।फाइनान्सियल टाइम्स तथा वाल स्ट्रिट जर्नलका पूर्व समाचारदाता स्याटरले रसिया तथा पूर्व सोभियत संघका विषयमा तीनवटा पुस्तक लेखेका छन् र उनलाई गत वर्ष कुनै स्पष्टीकरण निदिई मस्कोमा निषेध गरिएको बताइएको छ ।यस निर्णयविरुद्ध अमेरिकी दूतावासले विरोध जनाइसकेको छ । यसले राष्ट्रपति भ्लादिमिर पुटिनको अझै कडा आलोचना सिर्जना गर्ने अनुमान गरिएको छ । रसियाको सोचीमा आउँदो महिना शीतकालीन ओलम्पिक खेल आयोजना हुने भएको छ ।स्याटरले आफू डिसेम्बर ५ का दिन युक्राइनको राजधानी किभमा त्यहाँ भएका प्रदर्शनको समाचार संकलन गर्न गएको बताएका छन् । डिसेम्बर २५ मा ६६ वर्षीय स्याटरलाई रसियामा रहन नयाँ प्रवेशाज्ञाका लागि उनको निवेदन अस्वीकार गरिएको र उनको रसियामा उपस्थित अनावश्यक ठानिएको बताइएको थियो ।यसका लागि सक्षम संस्थाले निर्णय गरेको पनि उल्लेख गरिएको थियो । रसियाली अधिकारीहरूले सक्षम संस्था भनी संघीय सुरक्षा सेवालाई भन्ने गर्छन् । सन् २००० मा राष्ट्रपति हुनुपूर्व राष्ट्रपति पुटिन यस संस्थाका प्रमुख थिए ।-एजेन्सी