इराकमा २६ जनालाई फाँसी

२०७० माघ ८ गते, बुधबार


काठमाडौं, ८ माघ । इराकमा २६ जना आतंकवादीलाई फाँसी दिइएको छ । फाँसीको सजाय पाउनेमा सुन्नी लडाकू समूह (साहवा)का प्रमुख अल मसहादानी पनि रहेका छन् ।फाँसीको सजाय पाएका आतंकवादीहरुले इराकका विभिन्न स्थानमा रही आतंकवादी गतिविधि गदै आएको स्वीकारेका थिए । इराकमा दशकौंदेखि जारी हिंसामा हजारौंको मृत्यु भइसकेको छ ।इराकस्थित मानवअधिकार संगठन ह्युमन राइट्स वाचका अनुसार इराकमा सन् २०१२ मा मात्रै एक वर्षयता १ सय ५१ जनालाई मृत्युदण्डको सजाय दिइसकेको बीबीसीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]