इजिप्टमा प्रहरी धरपक्कड
कायरो, १२ माघ । इजिप्टमा प्रहरीले अपदस्थ राष्ट्रपति मोहमद मोर्सीका समर्थकलाई हिंसात्मक प्रदर्शनको अभियोगमा पक्राउ गरेको समाचार छ ।
प्रहरीद्वारा एक हजार ७९ मोर्सी समर्थकलाई पक्राउ गरेको गृहमन्त्रालयद्वारा आइतबार बिहान सबेरै प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।मन्त्रालयले अनुसार मोर्सी समर्थकले मेसिन गन र मोलोतोभ कक्टेल नामक घातक हतियार समेत प्रयोग गरेको जनाइएको छ ।जनवरी २५ का दिनमा पूर्व राष्ट्रपति होस्नी मुबारकलाई पदबाट हटाइएको तेस्रो वार्षिक उत्सव मनाउने क्रममा रहेका मोर्सी समर्थकलाई पक्राउ गरिएको बताइएको छ ।शनिबार पनि मोर्सी समर्थक र सरकारी सुरक्षाबलबीच भएको झडपको क्रममा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको थियो । यस झडपको क्रममा अन्य १७० जना घाइते भएका थिए ।गत शुक्रबार भएको यसै प्रकारको झडपमा १५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कयौँ व्यक्ति घाइते भएका थिए । सिन्ह्वा