ग्रिनेड खेलाउदा छ बालबालिकाको मृत्यु

२०७० माघ १३ गते, सोमबार


काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र पेसावरमा बालबालिकाले खेलाइरहेको एक ग्रिनेड पड्किँदा कम्तीमा पनि छ जना बालबालिकाको ज्यान गएको छ ।पाँचदेखि १२ वर्षका ती बालबालिका सबैजना एकै घर परिवारका हुन् । पेसारवर नजिकैको एक घरमा उक्त ग्रिनेड खेलाएर बसिरहेका बालबालिकाको बीचमा अकस्मात विस्फोट भएको थियो ।जिल्लाका प्रहरी प्रमुख इफ्तिखार अहमदले भनेका छन्, ‘सो विस्फोटमा परी पाँचजना बालक र एक बालिकाको ज्यान गएको छ । त्यसमा परी अर्का एकजना गम्भीर रुपमा घाइते भएका छन् ।’-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]