जेनेभा वार्ता उपलव्धीमूलक बन्दै

२०७० माघ १३ गते, सोमबार


न्युयोर्क, १३ माघ । स्वीट्जरल्याण्डको जेनेभामा जारी सिरिया सरकार र बिद्रोहीबिचको वार्ता उपलब्धीमुलक बन्दै गएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
राष्ट्रसंघका शान्ति दुत लख्दर ब्राहिमीले होम्स शहरमा फसेका महिला र बालबालिकालाई शहर छोड्ने अनुमति दिन सिरिया सरकार लचक भएको बताएका छन् ।
जेनेभामा जारी बार्तामा बिद्रोही पक्षले हजारौं महिला र बालबालिकालाई होम्स शहरमा सिरियाली सेनाले बन्धक बनाई हमला जारी राखेकाले उनीहरुलाई शहर छोड्ने अनुमति दिनु पर्ने माग गरेका थिए । उक्त मागमा सरकारी पक्ष लचक भएपछि आज बिद्रोहीले दिएको तथ्यांक अनुसार सेनाले त्यहाँबाट भाग्न चाहने महिला तथा बालबालिकालाई अनुमति प्रदान गर्नेछ ।यस बिषयमा छलफल जारी नै रहेकाले कुनै सम्झौतामा हस्ताक्षर भने भैनसकेको शान्ति दुत ब्राहिमीले बताएका छन् । बार्ता सकारात्मक बन्दै गए आजै मानव अधिकारकर्मी र रेडक्रसका प्रतिनिधिले होम्स शहरको अनुगमन गर्नेछन् ।जेनेभामा जारी बार्तामा दुबै पक्षले अँझै पनि सबै बिषयमा खुलेर कुरा गर्न नसकिरहेको समेत ब्राहीमीले बताएका छन् । बार्ता केहि दिन अँझै जारी रहने छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]