चरमपन्थीको हमलावाट ७४ को मृत्यु
नाइजेरिया, १४ माघ । उत्तर पूर्वी नाइजीरियाको दुई गाउँमा भएको चरमपन्थी हमलामा कम्तिमा ७४ जनाको मृत्यु भएको छ ।यस हमलामा कट्टरपंथी ईस्लामी चरमपन्थीको हात रहेको अनुमान गरिएको छ । नाइजेरियाको बोरनो राज्यको काबुरीमा एक ब्यस्त बजारमा हमला भएको अधिकारीहरुले बताएका छन ।
चरमपन्थीहरुले शक्तिशाली बम बिस्फोट गराएको र लगत्तै घरहरुमा आगो लगाईदिएका थिए । प्रत्यक्षदर्शीका अनुसार यस हमलाम परेर ५२ जनाको ज्यान गएको थियो ।नाइजेरियाकै वागा चाकावा गाउँको एक चर्चमा भएको अर्को हमलामा २२ जनाको ज्यान गएको बताइएको छ । यस दुबै घटनाको जिम्मेवारी चरमपन्थी संगठन बोको हरामले लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । यो संगठन उत्तरपूर्वी राज्यमा निकै सक्रिय रहेका छन ।