थाई सरकारचुनाव गराउन दृढ

२०७० माघ १५ गते, बुधबार

काठमाडौँ, १५ माघ। अन्ततः थाईल्यान्डको सरकारले पूर्व निर्धारित मितिमै निर्वाचन गर्ने भएको छ । सरकारले मंगलबार सो अडान व्यक्त गरेको हो ।थाई सरकार र त्यहाँका निर्वाचन अधिकारीहरुकाबीचमा मंगलबार भएको छलफलमा सो प्रतिबद्धता आएको हो । सरकारका अधिकारीहरुले यही फेब्रुअरी महिनाका लागि अघि सारिएको सो निर्वाचन निर्धारित मितिमै गरिछोड्ने अडान दोहोराएको हो ।सो निर्वाचन बहिस्कार गर्ने तथा निर्वाचन हुनैनदिने गरी थाइल्यान्डका मुख्य विपक्षी दलहरुले सरकार विरोधी विरोध प्रदर्शनहरु पनि गरिरहेका छन् । विपक्षीहरुले कुनैपनि हालतमा निर्वाचन हुन नदिनेगरी निर्वाचन विथोल्ने धम्की उनीहरुले दिइरहेका छन् । तरपनि सरकारले कुनैपनि अवस्थामा निर्वाचन नरोक्ने भन्दै आएको छ ।
सरकारका मन्त्रीहरुले आजै निर्वाचन आयोगका अधिकारीहरुसँग परामर्श गरी निर्वाचनको तयारीका बारेमा कुराकानी गरेका छन् । मंगलबारै प्रधानमन्त्री यिङ्लक सिनावात्राले पनि निर्वाचन अधिकारीहरुलाई भेटी निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नेगरी तयारीहरु अगाडि बढाउन निर्देशन दिएकी छिन् ।सो निर्वाचनका विरोधमा बैंककमा विगत एक महिनादेखि नै निरन्तर रुपमा बन्द र हड्ताल जारी रहेको छ । सो आन्दोलनमै परी कम्तीमा पनि दश जनाको ज्यान गएको छ । हालैमात्र थाइल्यान्डको निर्वाचन अदालतले सो निर्वाचन हालका लागि केही समय पर सार्न पनि सकिने पैmसला गरेको थियो । तर त्यसमा सार्न आदेश भने दिएको थिएन ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]