मुसरफलाई पक्रन पुनः निर्देशन
काठमाडौं, १८ माघ । पाकिस्तानको पूर्व राष्ट्रपति पर्वेज मुसरफलाई पक्राउ गर्न अदालतले पुनः निर्देशन दिएको छ ।स्वास्थ्य उपचारका लागि विदेश जान मुसरफले गरेको अपिललाई अस्वीकार गर्दै अदालतले उनलाई पक्राउ गर्न पुर्जी काटेको हो । छातीमा समस्या देखिए पछि केही दिन यता मुसरफ अस्पताल भर्ना भएका छन् । थप उपचारका लागि विदेश जाने तयारी गरे पनि अदालतले स्वास्थ्य अवस्था सामान्य नै भएको भन्दै उनको अपिल अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सरकार प्रमुख हुँदा सयौँ मानिसको हत्या गरेको आरोप मुर्सीमाथि लगाइएको छ । मुर्सीले आफूमाथि राजनीतिक प्रतिशोध साध्न हत्या आरोप लगाइएको बताएका छन् । उनले आफूमाथि लगाइको आरोप आधारहीन भएको दाबी गर्दै आएका छन् । मुर्सी पाकिस्तानका एक मात्र त्यस्ता सैनिक शासक हुन् जसले पदमा रहँदा गल्ती गरेको भन्दै आरोप खेपिरहेका छन् । उनीमाथि लगाइको आरोप प्रमाणित भएमा आजन्म कैद वा मृत्युदण्डको सजाय पाउनेछन् ।-एजेन्सी