थाइल्याण्डको चुनाव रद्ध गराउन पहल
काठमाडौं । थाइल्यान्डका प्रतिपक्षले मंगलबार साताको अन्त्यमा भएको विवादास्पद निर्वाचन प्रभावहीन बनाउन कानुनी प्रयास आरम्भ गरेको छ ।यसबीच अमेरिकाले यस मुलुकमा महिनौंको राजनीतिक समस्या समाधान गर्न सेनाले सरकार भंग गर्न नहुने चेतावनी दिएको छ ।आइतबारको प्रदर्शनले निर्वाचनलाई प्रभावित बनाएको थियो भने सत्ताधारी दललाई काम गर्न नसक्ने बनाएको थियो । एक प्रतिपक्षी वकिलले यस निर्वाचनलाई गैरकानुनी बनाउन निवेदन दर्ता गरेका छन् । थाइल्यान्डमा सैवैधानिक अदालतले यस्ता विषयमा हस्तक्षेप गर्ने गरेको छ ।
विराट कलायासिरीले पत्रकारहरुलाई आफूले निर्वाचन प्रभावहीन बनाउन, पुए थाइ पार्टीलाई प्रतिबन्ध लगाउन र त्यसका कार्यकारीहरुलाई पाँच वर्षसम्म काम गर्न प्रतिबन्ध लगाउन निवेदन दर्ता गराएको जानकारी दिए ।
प्रधानमन्त्री यिङलकले तीन महिनासम्म आफ्नो सरकारले भोगेको समस्या समाधान गर्न आइतबारको निर्वाचन घोषणा गरेकी थिइन्। निर्वाचनमा बैङककमा घातक हिंसा फैलिएको छ । यसले थाइल्यान्डलाई लामो राजनीतिक समस्यामा पारेको छ ।
प्रदर्शनकारीहरुले प्रधानमन्त्री यिङलकको सरकारलाई अपदस्त गर्न, त्यसको स्थानमा अनिर्वाचित जनपरिषद् गठन गर्न र निर्वाचन गर्न सुधार प्रक्रिया अगाडि बढाउन माग गरिरहेका छन् ।-एजेन्सी