शीतकालीन ओलम्पिकमा टुथपेष्ट बमको खतरा
काठमाडौं । अमेरिकाले रुसमा हुने शीतकालीन ओलम्पिक खेलका लागि उडान भर्ने विमान कम्पनीहरुलाईर् ‘टुथपेष्ट बम’ बाट सावधान रहन भनेको छ ।
अमेरिकाको अन्तरिक सुरक्षा विभागले अमेरिकी मिडियाहरुलाई भनेको छ कि टुथपेष्टमा विस्फोटक पदार्थ लुकाएर विमानका तस्करी हुनसक्छ ।
यसको प्रभाव रुसलाई पर्नेछ, जहाँ शीतकालीन ओलम्पिकको तयारी भइरहेको छ । यद्यपि सुरक्षा विभागले अहिले अमेरिकासँग कुने खास खतराको सूचना नरहेकेा समेत बताएको छ । रुसमा ७ देखि १३ फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक हुँदैछ । खेलका क्रममा हुन सक्ने खतराको सामना गर्न भन्दै अमेरिकाले काला सागरमा आफ्नो दुई युद्धतोप तैनाथ गरेको छ ।गत डिसेम्बरमा वोल्गोग्रादमा भएको दुई आत्मघाति विस्फोटपछि सुरक्षा चिन्ता बढेको छ ।-एजेन्सी