सैनिक विमान दुर्घटना हुँदा ७७ को मृत्यु

२०७० माघ २९ गते, बुधबार


काठमाडौं, २९ माघ । अल्जेरियामा सैनिक बिमान दुर्घटनाग्रस्त हुंदा ७७ जनाको मृत्यु भएको छ । विमानमा रहेका एक जनाको भने उद्धार गरिएको सैनिक अधिकारीहरुले जनाएका छन् । विमानमा चालक दलका सदस्यसहित ७८ जना सवार थिए । घाईतेको टाउकोमा गंभीर चोट छ ।अल्जेरियाली सेनाको सैनिक कार्गो विमान उत्तर पुर्वी भागको पहाडमा दुर्घटना भएको बीबीसीले जनाएको छ । विमानमा सैीनक र उनीहरुका आफन्त थिए । खराव मौसमका कारणले विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]