दुई कोरियाबीच वार्ता हुने

२०७० माघ २९ गते, बुधबार


काठमाडौं, २९ माघ । उत्तर कोरिया र दक्षिण कोरियाबीच केहिदिन भित्रै वार्ता सुरु हुने भएको छ । यी दुई देश छुट्टिँदा अलग–अलग देशमा परेका परिवारहरुको पुनर्मिलनका लागि दुई देशबीच छिट्टै वार्ता हुने पक्का भएको हो ।यस अघि पनि पटक पटक भएको प्रयासमा दक्षिण कोरियाले अमेरिकासंग सैन्य अभ्यास गर्ने भएपछि उत्तर कोरियाले वार्ता नगर्ने चेतावनी दिएको थियो । उत्तर कोरियाले वार्ताका लागि पुनः पत्र पठाएपछि वार्ता हुने सम्भावना भएको हो ।
दुई देशका उच्च अधिकारी सम्मिलित वार्ता पान्मुन्जन सीमा क्षेत्रमा हुनेछ । उक्त वार्तामा पारिवारिक मिलन बाहेक अन्य विषयमा भने कुरा नहुने अधिकारीहरुको भनाइ छ । वार्तामा दक्षिण कोरियाका तर्फबाट राष्ट्रिय सुरक्षा समितिका सहायक सल्लाहकार किम ह्युनले नेतृत्व गर्नेछन् भने उत्तर कोरियाबाट कसले नेतृत्व गर्ने भन्ने सार्वजनिक गरिएको छ ।सन् १९५० देखि सन् १९५३ सम्म भएको कोरिया युद्धपछि मुलुक नै विभाजित भएको थियो । देश बिभाजित भएपछि त्यहाँका नागरिकलाई जुन देशमा रहेका थिए त्यहाँबाट अर्को देशमा जान दिइएको थिएन ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु