ज्वालामुखी विस्फोट हुँदा दुई जनाको मृत्यु

२०७० फाल्गुन २ गते, शुक्रबार


काठमाडौं, २फाल्गुन । इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा ज्वालामुखी विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । ज्वालामुखी विस्फोट लगत्तै उडेको खरानीको भारले थिच्दा दुई जनाको मृत्यु भएको हो ।विस्फोटपछि उडेको खरानीका कारण सास फेर्न गाह्रो भएपछि दुई लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । इन्डोनेसियाका तीन मुख्य सहर सुराबाया, सोलो र योगकात्रामा ‘भिजिभिलीटी’ न्यून भएपछि सम्पूण उडान रद्द गरिएका छन् भने विद्यालय, कलेजहरु पूर्ण रुपमा बन्द ठप्प भएका छन् ।विस्थापित भएका मध्ये एक लाखलाई सुरक्षित स्थानको व्यवस्था गरिएको र एक लाख जनतालाई अझै सुरक्षित स्थानमा पुर्‍याउन बाँकी रहेको जनाइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]