यूक्रेनमा प्रहरी र प्रदर्शनकारी बिच सँघर्ष चर्कदै

२०७० फाल्गुन ७ गते, बुधबार

काठमाडौँ,७ फागुन।यूक्रेनमा प्रहरी र प्रदर्शनकारी बिच भएको सँघर्षमा १६ जना मारीएका छन् । राजधानी किएफमा रहेको प्रदर्शनकारीको मूख्य अखडामा प्रहरीले धावा बोलेपछि सँघर्ष भएको हो । प्रहरीले आक्रमण गरेपछि प्रदर्शनकारीहरले पनि प्रत्याक्रमण गरेको र सो क्रममा बम धमाका पनि भएको बिबिसिले जनाएको छ । सँघर्षका क्रममा मारीनेँमा केहि प्रहरीहरु पनि रहेका छन् । प्रदर्शनकारीहरुको मुख्य अखडा नियन्त्रण लिन प्रहरीले लामो समय सँघर्ष गर्नुपरेको थियो ।
सो क्रममा प्रहरीले बिपक्षि क्याम्प समेत जलाएका छन् । गत साल नोबेम्बर पछि यूक्रेनमा शान्पिूर्ण प्रदर्शन गर्दै आएका बिपक्षिले यो घट्ना पछि पनि आँफूहरु पछि नहट्नेँ स्पष्ट पारेका छन् । यो घट्नापछि शहरको मेट्रो रेल सेवा बन्द गरीएको छ भनेँ सवारी साधनलाई पनि यथा स्थानमा रोकिएको छ । राष्ट्रपतिको शक्ति कटौती गर्नेबारे सांसदहरुबीच छलफल कार्यक्रम तय गरीएका बेला भएको यो घट्नालाई अर्थपूर्ण रुपमा हेरीएको छ ।
जुन छलफलले राष्ट्रपतिको केहि अधिकार कटौती गर्ने निश्चित थियो । संबिधानमा केहि फेरबदल गर्ने सरकारले तयारी गरेपछि यूक्रेनमा प्रदर्शन शुरु भएको थियो । यसैबीच अमेरीकाले प्रदर्शनकारीमाथीको आक्रमण रोक्न युक्रेन सरकारलाई आग्रह गरेको छ । –बिबिसि

प्रतिक्रियाहरु

[anycomment]