इजिप्टमा पत्रकारहरुमाथि कारबाही
काठमाडौं, ९ फागुन । मुस्लिम ब्रदरहुड पार्टीलाई सहयोग गरेको आरोपमा मुद्धा चलाइएका बीस पत्रकारमाथि इजिप्टको राजधानी कायरोमा कारबाही सुरु भएको छ ।मुस्लिम ब्रदरहुडलाई त्यहाँको सरकारले गत डिसेम्बरमा आतंककारी संगठन घोषणा गर्दै राष्ट्रिय सुरक्षाका लागि खतरा भएको दाबी गरेको थियो । मुद्दा चलाइएका २० पत्रकारमध्ये आठ जना प्रहरीको हिरासतमा छन् । हिरासतमा राखिनेमा अल–जजिराको इजिप्ट–क्यानडा ब्यूरो प्रमुख मोहम्मद आदेल फहमी र अष्ट्रेलियाली पत्रकार पिटर ग्रेष्टे पनि सामेल छन् । मुद्धा चलाइएकामध्यृ दुई बेलायती पत्रकार पनि छन् जो इजिप्टमा छैनन् ।
सरकारले ती पत्रकारहरुलाई विद्रोहीलाई सहयोग पुग्ने गरी पक्षपातपूर्ण समाचर सम्प्रेषण गरेको आरोप लगाएको छ ।
पत्रकारहरु दोषी पाइए पाँचदेखि पन्ध्र वर्षसम्मको जेल सजायँ हुने प्राबधान छ । इजिप्टमा पछिल्लो सात महिनामा १ हजार भन्दा बढीको मृत्यु भएको छ । मारिनेमा धेरैजसो अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीका समर्थक छन् ।