अमेरिकामा लाखौ बच्चाहरु भोकभाकै
काठमाडौं, ११ फागुन ।विश्वका धनी देशमध्येको एक अमेरिकामा खान नपाएर बालबालिका भोकै सुत्छन् भन्दा भट्ट पत्यार नलाग्न सक्छ । तर, अमेरिकामा दैनिक एक करोड ६० लाख बालबालिका भोकै सुत्न बाध्य भएको तथ्यांक हालसालै सार्वजनिक भएको छ ।रिबीका कारण विद्यालयबाट वञ्चित र खान नपाउने बालबालिकाको संख्याले अमेरिकामा ‘रेकर्ड’ बनाएको तथ्य बाहिर आएको छ । अमेरिकामा खाद्यान्नमा सहयोग गर्दै आएको संस्था ‘फिडिङ अमेरिका’ ले यो तथ्या सार्वजनिक गरेका हो ।अमेरिकाका विभिन्न राज्यमा दुई सयभन्दा धेरै खाद्यान्न भण्डार भएको संस्थाले बर्सेनि तीन करोड ७० लाख अमेरिकीलाई खाद्यान्न सहयोग गर्छ । जसमा एक करोड ४० लाख बालबालिका पर्छन् । संस्थाले झन्डै एक करोड ७० लाख बालबालिकाले घरमा स्वास्थ खानाको अनुमान गर्न नसक्ने बताएको छ ।संस्थाका अनुसार केही बालबालिकालाई विद्यालयमा सप्ताहान्तमा खानाको प्याकेट बाँडिन्छ जसले उनीहरुमा खसुी ल्याओस् । संस्थाले पूर्वी आयोवाका ३० विद्यालयमा त्यस्तो कार्यक्रम संचालन गरिरहेको पनि बताएको छ ।
बेलायती फिल्म निर्माता तथा लेखक जज न्युमनले कामको सिलसिलामा आयोवाका १० वर्षका केही हेवुड तथा उनकी बहिनीसँग कुराकानी गरेर बीबीसी टिभीका लागि आउटलुक कार्यक्रम तयार पारेपछि फिडिङ अमेरिकाले सो तथ्यांक बाहिर ल्याएको हो ।न्युमनले तयार पारेको कार्यक्रममा केलीले भनेका छन्, ‘कहिलेकाहीँ त राम्रा दिन पनि आउँछन् । दालसँग खानेकुरा खान पाइन्छ । कहिलेकाहीँ भने सुख्खा त कहिलै भोकै दिन काट्नुपर्छ ।’ केलीले थपेका छन्, ‘टिभीमा खाना पकाउन सिकाउने कार्यक्रम हेर्दा स्क्रिन भित्र घुसेर खाना खाऊँ जस्तो लाग्छ ।