भारतीय लोक सभाको निर्वाचन अप्रिल ७ देखि

२०७० फाल्गुन २१ गते, बुधबार


काठमाडौ,२१ फाल्गुन ।भारतीय लोक सभाको निर्वाचन एक महिना पछि हुने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार अगामी अप्रिल ७ देखि मे १२ सम्ममा लोक सभाको निर्वाचन सम्पन्न हुनेछ । निर्वाचन आयोगले बुधबार जनाए अनुसार उक्त निर्वाचनमा ८१.४ करोडले भाग लिने छन् । भारतीय लोक सभाका कुल ५४३ का लागि मतदान हुने छ । मे १६ गते सबै स्थानको मत गणना हुनेछ । निर्वाचन ९ चरणमा गरिने छ ।

प्रतिक्रियाहरु

[anycomment]