चीनको रक्षा बजेटमा वृद्धिको घोषणा
काठमाडौं, २१ फागुन । चीनले रक्षा बजेटमा १२.२ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । बुधबारबाट सुरु भएको चीनको सत्तारुढ पार्टीको पीपल्स कांग्रेसको अबसरमा ७.५ प्रतिशत वृद्धिदर हालिस गर्ने लक्ष्य तय गरिएको छ । कांग्रेसमा भ्रष्टाचारविरुद्धको लडाइ र पर्यावरणसँग जोडिएको मुद्दामा समेत छलफल भएको छ । चिनियाँ प्रधानमन्त्री ली कछ्याङले सरकारले प्रदुषणविरुद्ध ‘युद्ध छेड्ने’ र ‘आतंकवादविरुद्ध पनि कडा कदम चाल्ने’ बताएका छन् । १० दिनसम्म चल्ने बैठकमा तीन हजार प्रतिनिधिले भाग लिने छन् ।