चीनले रक्षा बजेट १२ प्रतिशत बढायो

२०७० फाल्गुन २२ गते, बिहीबार

काठमाडौं, २२ फागुन ।चीनले आफ्नो रक्षा बजेट १२ प्रतिशतभन्दा बढीले वृद्धि गर्ने भएको छ ।बुधबारदेखि सुरु भएको चीनको सत्ताधारी पार्टीले पिपल्स कंग्रेसको अवसरमा रक्षा बजेट १२ दशमलव २ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको बिबिसीले जनाएको छ ।रक्षा बजेटमा भएको यो वृद्धिलाई चीनको सैन्य प्राथमिकतातर्फ संकेत गरेको विश्लेषकहरुको भनाई छ । उसले लगातार बढाइरहेको सैन्य क्षमतालाई जापान, दक्षिण कोरिया तथा प्रशान्त एसियाली देशका साथै भारतले चुनौतीका रुपमा लिएका छन् ।बुधबारदेखि सुरु बैठकमा आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशतले बढाउने र मुद्रास्फ्रिति दर ३ दशमलव ५ प्रतिशतमा सिमित गराउने लक्ष्य समेत प्रस्तुत गरिएको छ । बैठकमा भ्रष्टाचार नियन्त्रणका साथै पर्यावरणसँग जोडिएका मुद्धामा पनि छलफल हुनेछ ।
बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्री ली कछ्याङ्ले सरकारले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्को थिए भने त्यसमा अर्थव्यवस्थालाई विशेष महत्व दिइएको छ । प्रधानमन्त्री ली कछ्याङ्ले बैठकमा सहभागी प्रतिनिधिलाई प्रदुषण र आतंकवादविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।

प्रतिक्रियाहरु

[anycomment]