अमेरिका-बेलायत टेलिफोन परामर्श गर्दै

२०७० फाल्गुन २३ गते, शुक्रबार


काठमाडौ , फाल्गुन २३ I युक्रेनले चरम आर्थिक संकट र राजनीतिक अस्थिरताका विषयमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनबीच बुधबार टेलिफोनबाट परामर्श भएको ह्वाइट हाउसले जनाएको छ ।युक्रेनी सरकारको अनुरोधमा अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोपरेसन इन युरोप -ओएससीई) ले सैनिक अनुगमन आयोगको गठन गरी त्यहाँको सैन्य गतिविधि निरुपण गरेकोमा दुवै मुलुकमा नेताहरूले स्वागत गरेको समेत बताइएको छ । अमेरिकासहित युरोपका १४ राष्ट्रले गत मंगलबार संयुक्त रूपमा ओएससीई दल गठन गरी युक्रेनको क्रिमिया क्षेत्रको स्थितिबारे अनुगमन गरेको र उक्त दल २४ घन्टाभित्र र्फकने कार्यक्रम रहेको खुलासा गरिएको छ ।युक्रेनको अर्थ व्यवस्थामा सुधार ल्याउन र मेमा हुने आमनिर्वाचनलाई सहयोग पुर्‍याउन राष्ट्रपति ओबामा र प्रधानमन्त्री क्यामरुनले यथासम्भव प्रयत्न गर्ने सहमति भएको जनाइएको छ । दुवै मुलुकका नेताहरूबीच यस सम्बन्धमा निरन्तर सञ्चारसम्पर्कमा रहने समेत सहमत भएको ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।-सिन्ह्वा

प्रतिक्रियाहरु

[anycomment]