कोरियामा टेलिकमका लाखौ ग्राहकको सुचना चोरी

२०७० फाल्गुन २३ गते, शुक्रबार


काठमाडौँ,२३फागुन ।कोरियाको दोस्रो ठूलो टेलिकम सेवा प्रदायक ‘केटि’को ७० प्रतिशत भन्दा बढी ग्राहकहरुको सुचना चोरी भएको छ । १ करोड ६० लाख ग्राहकहरु भएको केटिको १ करोड २० लाख ग्राहकहरुको फोन नम्बर, इमेल ठेगाना, नाम, बैंक खाता नम्बर जस्ता सुचनाहरु चोरी भएको प्रहरीलाई उद्धृत गर्दै कोरिया हेरल्डले जनाएको छ । ग्राहकहरुको क्षति न्युन गर्नको लागि केटिले इन्छन महानगरिय प्रहरी वृत्तबाट भइरहेको अनुसन्धानलाई पूर्ण रुपमा सहयोग पुर्याइरहेको छ । प्रहरीले सुचना चोरी गर्ने दुईजना ह्याकर र टेलिमार्केटिङ कम्पनीका एक सिइओलाई पक्राउ गरेको छ ।
किम र चुङ उपनाम गरेका ति ह्याकरहरुले सन् २०१३ को फेबु्रअरीदेखि सुचना चोरी गरिरहेको खुल्न आएको छ । पार्क उपनाम गरेका टेलिमार्केटिङका प्रमुखसँग मिलेर उनीहरुले अवैध रुपमा ११ अर्ब ५० करोड वन कमाएका छन् । गत जनवरी ८ मा पनि केबि कुकमिन, एनएच नोङह्यप र लोट्टे कार्डको २ करोड ग्राहकहरुको सुचना चुहावट भएको थियो । कोरिया सरकारले उनीहरुलाई जरिवाना तिराउँदै ३ महिनाका लागि सेवामा प्रतिवन्ध लगाएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]