दुई सन्तान जन्माउन अनुमति दिएको छैन:चीन

२०७० फाल्गुन २३ गते, शुक्रबार

काठमाडौं, २३ फाल्गुन – चीनका अधिकारीहरुले दुई सन्तान जन्माउनका लागि नागरिकलाई अनुमति नदिइएको स्पष्ट गरेका छन् ।उनीहरुले बिहीबार सो विषयलाई इन्कार गरेका बताइएको छ । यसअघि चीनमा दुई सन्तान उत्पादनका लागि अनुमति दिइएको भनी आएको समाचारको खण्डन गर्दै उनीहरुले त्यस्तो अनुमति दिइसकिएको छैन भनेका छन् ।चीनको स्वास्थ्य मन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– त्यस विषयमा सोच बनाइएको हो र अनुसन्धान थालिएको छ, तर दुई सन्तान उत्पादनका लागि अनुमति दिइसकिएको भने होइन ।चीनमा सन् १९७० को दशकको अन्त्यदेखि नै दुई सन्तान उत्पादनको नीतिमाथि प्रतिबन्ध लगाइएको थियो । त्यो नीति अहिले पनि कायमै छ ।तर गत नोभेम्बरमा भने सरकारले दुई सन्तानका लागि अनुमति दिनपनि सकिने गरी नीति निर्माण गर्न थालिएको बताएको थियो ।विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश चीनले जनसङ्ख्या नियन्त्रणको कामलाई प्रभावकारी बनाउन भन्दै सो नीति अख्तियार गरेको थियो ।
चीनको परिवार नियोजन शाखाका एकजना अधिकारीमा सुलाई उद्धृत गर्दै गत मङ्गलबार दिइएको जानकारी अनुसार सरकारले त्यस विषयमा अनुसन्धान सुरु गरेको बताइएको थियो ।दोस्रो सन्तान जन्माउन दिनका लागि आवश्यक नीति र सम्भाव्यताका बारेमा हाल छलफल मात्र भइरहेको र यस विषयमा निर्णयमा भने नपुगिएको पछिल्लो समाचारमा उल्लेख गरिएको छ ।यस कुरालाई चीनका स्वास्थ्य मन्त्री लि बिनले पनि अस्वीकार गर्नुभएको छ । उनले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘आधारभूत कुराहरुमा कुनैपनि परिवर्तन हुँदैन, यस विषयमा त्यस्तो कुनै नयाँ निर्णय गरिएको छैन ।’उहाँले दुई सन्तान नीतिका बारेमा सरकारले केही निर्णय गरिसकेको छैन र आधारभूत यस नीतिमा परिवर्तनका लागि पनि कुनै समय तालिका बनाइसकिएको छैन ।
चीनको यो एक सन्तान नीतिका कारण त्यहाँ लैंगिक असन्तुलनको खतरा रहेको पाइएको विश्लेषकहरुले जनाएका छन् ।उनीहरुका अनुसार अहिले पनि चीनमा विवाहका लागि केटी मान्छे पाउन गाह्रो भइसकेको छ । साथै बढी उमेरका नागरिकको सङ्ख्यमा पनि व्यापक मात्रामा वृद्धि भइरहेको छ ।हुनत चीन सरकारले बनाएको यस एक सन्तान नीतिमा यदि कुनै दम्पत्तिका आफ्नै दिदीबहिनी एवम् दाजुभाई छैनन् भनेमात्र उनीहरुले अर्को सन्तान जन्माउन पाउने प्रावधान राखिएको छ ।तरपनि यसरी अर्को सन्तानका लागि निवेदन दिने दम्पत्तिहरुको सङ्ख्या पनि अत्यन्तै धेरै रहेकोले यसलाई पनि सरकारले नियमित बनाउन सकिरहेको छैन– अधिकारीहरुको भनाई छ ।चीनमा जनसङ्ख्या नियन्त्रणका लागि भनेर विगत लामो समयदेखि लागु गरिएको यस नीति बलजफ्ती जनतामा लादिएको भन्दै यसको देशभित्र र बाहिर पनि आलोचना हुने गरेको छ ।- एएफपी

प्रतिक्रियाहरु

[anycomment]