रुसलाइ ओबामाको चेतावनी
काठमाडौं, फाल्गुन २९ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनको क्राइमियाबाट रुसले आफ्ना सेना फिर्ता नगरे त्यसको मूल्य चु्काउनुपर्ने चेतावनी दिएका छन् । युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनी यात्सेन्युकसँग ह्वाइट हाउसमा कुराकानीपछि बोल्दै अमेरिकी राष्ट्रपति ओबामाले रुसको विवादमा अमेरिका युक्रेनको साथ रहेको स्पष्ट पारे ।उनले क्राइमियामा हुने भनिएको जनमत संग्रह पूरै अस्वीकार्य भएको बताए । यसअघि जी सेभेनका सदस्य राष्ट्रहरुले पनि रुसमाथि यस्तै चेतावनी दिएका थिए ।
युक्रेनी अन्तरिम प्रधानमन्त्री यात्सेन्युकले युक्रेनले रुससँग कहिल्यै आत्मसमर्पण नगर्ने दृढता व्यक्त गरे । उनले २१ औं शताब्दीमा अन्तर्राष्ट्रिय सम्झौता र सन्धि उल्लंघन गर्दै रुसी सेना युक्रेनमा हुनु कुनै हालतमा स्वीकार्य नभएको बताए ।युक्रेनको स्वायत्त क्षेत्र क्राइमियामा रुसमा विलय हुने सम्बन्धमा आइतबार जनमतसंग्रह हुँदैछ । रुस समर्थित भिक्टर यानोकोभिचलाई युक्रेनी संसदले राष्ट्रपतिबाट अपदस्थ गरेपछि क्राइमिया रुसी सेनाको नियन्त्रणमा छ ।रुसी आदिभाषीको बाहूल्य रहेको क्राइमिया रुसमा विलय हुने चर्चाले युक्रेनको संकट थप गहिरिएको विश्लेषण गरिएको छ । -एजेन्सी