चीनमा छुरा प्रहारवाट पाँचको मृत्यु
काठमाडौं ,३० फागुन । मध्य चीनमा शुक्रबार बिहान भएको छुरा प्रहारमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि घाइते भएका एकजनाको अस्पतालमा मृत्यु भएको हो ।
बजारमा भएको आपसी विवादका कारण एकजना व्यक्तिले छुरा प्रहार गरेको थियो । पछि सो व्यक्तिको पनि प्रहरी कारबाहीमा परी ज्यान गएको बताइएको छ । चीनमा करिब दुई हप्ताअघि भएको छुरा प्रहारपछि शुक्रबार पुनः यो घटना भएको छ । यस घटनामा पनि यसअघि जस्तै आतङ्कवादीको संलग्नताको आशङ्का गरिएकोमा त्यसो नभएको प्रहरीले जनाएको छ ।शुक्रबारको यस घटनामा भने प्रहरीले आतङ्कवादीको संलग्नता नदेखिएको बताएको छ ।चिनिया सरकारी समाचार समिति सिन्हृवाले दिएको जानकारीअनुसार चीनको हुनान प्रान्तको चान्सा भन्ने स्थानमा रहेको बजारमा सामान किन्न गएका सर्वसाधारणका बीचमा एक व्यक्तिले छुरा प्रहार गरेको थियो । रासस/सिन्हृवा