विश्वमा मृत्युदण्ड सजाय दिने क्रम बढ्यो

२०७० चैत्र १३ गते, बिहीबार


काठमाडौं, १३ चैत्र । विश्वमा मृत्युदण्डको सजाय दिने क्रम बढेको एम्नेष्टी ईन्टरनेशनलले जनाएको छ । एम्नेष्टीका अनुसार चीन विश्वमा धेरै मृत्युदण्ड दिने पहिलो देशमा कायम छ । चीनमा बांकी देशमा मृत्युदण्डको सजाय दिईने कुल संख्या भन्दा बढीले यस्तो सजाय पाउने गरेको दावी एम्नेष्टीको छ । इरान र इराकमा मृत्युदण्ड दिने क्रम तीब्र रुपमा बढेको छ ।इरानमा गत बर्ष ३ सय ६९ जना अभियुक्तहरुलाइृ मृत्युदण्ड दिईएको सरकारी अधिकारीहरुले पुष्टि गरे पनि मृत्युदण्ड पाउनेहरुको वास्तविक संख्या अझै धेरै हुनसक्ने बताईएको छ । इराकमा लगातार तेस्रो बर्ष पनि आतंकबाद विरुद्धको कानुन अनुसार दोषी ठहर गरी मृत्युदण्डको सजाय दिने क्रम बढेको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]