ईंग्ल्याण्ड र वेल्समा समलिंगी विवाहको अनुमति

२०७० चैत्र १५ गते, शनिबार


काठमाडौ । ईंग्ल्याण्ड र वेल्समा पहिलो पल्ट समलिंगी जोडीले विवाहको वैधानिक अनुमति पाएको छ । सरकारले बिवाह सम्बन्धी कानुनमा परिवर्तन गर्दै समलिंगी सम्बन्धमा रहेकाहरुलाई पनि अरु जोडी जस्तै कानुनी रुपमा विवाह गर्ने अधिकार दिएको हो ।
मुख्य दलका नेताहरुले कानुनमा गरिएको परिवर्तनको स्वागत गरेका छन् । लिबरल डेमोक्रेटिक पार्टीका नेता निक क्लेगले कानुनमा गरिएको परिवर्तनले समलिंगी सम्बन्ध राख्नेहरुलाई सुरक्षित र बलियो बनाउने दावी गर्नुभएको छ । तर केही धार्मिक समूहहरु भने यसको विपक्षमा रहेका छन् ।
प्रधानमन्त्री डेभिड क्यामरुनले यो कदमले सबै नागरिक समान हुन् भन्ने सन्देश दिएको बताउनुभएको छ ।
उहाँले कानुनमा गरिएको परिवर्तनले लैंगिक स्थिती यकिन गर्न नसकेका युवालाई प्रोत्साहन गर्ने दावी गर्नुभएको छ । सरकारले समलिंगी विवाहलाई कानुनी मान्यता दिए लगत्तै पहिलो पल्ट पुरुष समलिंगी जोडीले विवाह गरेका छन् ।- बिबिसी

प्रतिक्रियाहरु

[anycomment]