पाकिस्तानमा पनि आम आदमी पार्टी

२०७० चैत्र १६ गते, आईतवार


काठमाडौं । नयाँदिल्ली विधानसभामा आम आदमी पार्टीले राम्रो सफलता पायो, जसले अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री समेत बनायो । अब लोकसभा चुनावमा उसले कांग्रेस र भाजपा दुबैलाई कडा चुनौती दिने अनुमान गरिएको छ ।
भारतमा आपले पाएको सफलताबाट प्रभावित भएर पाकिस्तानमा यस्तै नाम भएको दल खुलेको छ-आम आदमी पार्टी-पाकिस्तान’ भारतको आम आदमी पार्टीले प्रभावित गरेर यो कदम चालेको आम आदमी पार्टी पाकिस्तानका सेन्ट्रल अर्गनाइजिङ कमिटीका मुख्य आयोजक अरशद सलहरीले बताएका छन् ।
यो पार्टीको घोषणा २३ मार्चमा हुने तय भएको थियो । तर, पार्टीमा सहभागी हुन चाहनेहरु धेरै भएपछि यसलाई केही समय पछि गर्ने गरी सारिएको छ ।
अरशद १६ वर्षसम्म पत्रकारितामा थिए । उनले युथ फोरम पाकिस्तानमा आवद्ध भएर १९९६ देखि काम गरेका थिए र यही नामले पार्टी बनाउने योजना बनाएका थिए । ‘तर, भारतमा जनताले भारी मात्रमा आम आदमी पार्टीलाई समर्थन गरेपछि पाकिस्तानी जताले पनि यस्तै कदम उठाउने छन् । किनकी दुबै देशको समस्या र दुःख एउटै छ । यसैले हामीले जनतामाझ जाने निर्णय गरौं’-उनले भनेका छन् ।
आम आदमी पार्टी पाकिस्तानले पनि भारतको आप जस्तै झाडू चुनाव चिन्ह राख्न चाहेको छ । अरशद आजका संयोजक केजरवालबाट निकै प्रभावित देखिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]