चिलीमा ८.२ रिक्टर स्केलको भूकम्प
काठमाडौं, १९ चैत। चिलीमा ८.२ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि ल्याटिन अमेरिकामा सुनामी चेतावनी दिइएको छ ।अमेरिकी भूगर्भ विभागका अनुसार उत्तरी चिलीमा गएको भूकम्पको केन्द्र समुन्द्र सतहबाट १० किलोमिटरभित्र थियो । जसका कारण समुन्द्रमा २ मिटर अग्लो छाल उठेको अधिकारीहरुले बताएका छन् ।
पहिरोका कारण सडकहरु अवरुद्ध भएका छन् । स्थानीय टेलिभिजनहरुमा तटवर्ती इलाकामा सडक अवरुद्ध भएको फुटेजहरु देखाइएको छ ।भूकम्पपछि पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका र निकारागुआको तट क्षेत्रमा सुनामीको खतरा बढेको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ ।