पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफको हत्या प्रयास
काठमाडौ, २० चैत।पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफको हत्या प्रयास भएको छ । मुसर्रफ चढेको गाडीलाई लक्षित गरी बम आक्रमण भएको हो ।
आक्रमणमा मुसर्रफ मुस्किलले बचेको जीओ टीभीको अनलाइन संस्करणले जनाएको छ ।
चार किलो बिष्फोटक पदार्थ पुलमुनि राखेर विष्फोट गराईको र मुसर्रफ त्यो बाटो जानु झण्डै बीस मिनेट पहिले नै बिष्फोट भएको समाचारमा उल्लेख छ ।
बाटोमा बिष्फोट भएपछि मुसर्रफलाई अर्को बाटोबाट घर लगिएको थियो । तर आक्रमणको जिम्मा कसैले लिएको छैन् । मुसर्रफ विरुद्ध राष्ट्रद्रोहको अभियोगमा मुद्दा चलिरहेको छ ।- एजेन्सी