भारतमा आमचुनाव सुरु

२०७० चैत्र २४ गते, सोमबार


काठमाडौं ,२४ चैत।भारतमा आजदेखि आमचुनाव सुरु भएको छ । तल्लो सदन लोकसभाका लागि कुल ९ चरणमा हुने आम चुनावको पहिलो चरणमा सोमबार पूर्वोत्तरका दुई राज्य असमका पाँच र त्रिपुराको एक सिटका लागि मतदान भइरहेको छ ।
आमचुनाव मे १२ तारिखमा सकिनेछ भने मतगणना मे १६ तारिखमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । देशभर ९ लाख ३० हजार मतदान केन्द्रमा ८१ करोड ४० लाख मतदाताले विद्युतीय मेसिनको माध्यमबाट मतदान गर्ने छन् । यी मध्ये पहिलो पल्ट मतदान गर्ने १२ देखि १५ करोड रहेका छन् । विद्युतीय मतदानमा पहिलो पल्ट नो भोटको व्यवस्था गरिएको छ ।
यस्तै मतदान गर्ने समय पनि बिहान ७ देखि बेलुका ६ बजेसम्म तय गरिएको छ । तर सुरक्षालाई ध्यानमा राखी पूर्वोत्तर क्षेत्रमा बिहान ७ देखि ५ बजेसम्म तथा मणिपुर र नागाल्याण्डमा दिउँसो ४ बजेसम्म मात्रै मतदान गर्न पाइने व्यवस्था गरिएको छ । चुनावका लागि सुरक्षाकर्मी र कर्मचारी गरी १ करोड जनशक्ति खटिनेछ ।
तल्लो सदन लोकसभाको ५ सय ४३ सिटका लागि हुने चुनावमा सरकार बनाउनका लागि कुनै दल वा गठबन्धनलाई २ सय ७२ सिट जित्नु आवश्यक छ । थुपै्र दल चुनावी मैदानमा भएपनि खासगरी भाजपा र कांग्रेसबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]