थाइल्यान्डमा आन्दोलन चर्कियो

२०७१ बैशाख २७ गते, शनिबार


काठमाडौं, २७ वैशाख। प्रधानमन्त्री यिंग्लक सिनावात्रा पदमुक्त भएपछि थाइल्यान्डमा शुक्रबार साँझदेखि सरकारविरोधी आन्दोलन चर्किएको छ । झन्डै एक वर्षदेखि आन्दोलन गर्दै आएका विपक्षीहरूले निणर्ायक आन्दोलनको संज्ञा दिएर नयाँ विरोध प्रदर्शनको सुरुवात गरेका छन् ।दसौं हजारको संख्यामा राजधानी बैंककको सडकमा ओर्लिएका प्रदर्शनकारीले राष्ट्रिय टेलिभिजन नियन्त्रणमा लिई कार्यक्रम घोषणा गर्ने धम्की दिएका छन् । साथै उनीहरूले बैंककका प्रहरीचौकी पनि घेराउ गर्ने जनाएका छन् । सिनावात्रालाई पदमुक्त गरिएको तेस्रो दिन राजनीतिक संकट झन् गहिरिने संकेत देखिएको राजनीतिक विश्लेषकले बताएका छन् । विपक्षीले सरकारलाई पूर्णरूपमा बर्खास्त गरी अर्काे सरकार निर्माणको फैसला अदालतबाट हुन नसकेको भन्दै आन्दोलन झनै चर्काउने बताएका हुन् ।(एएफपी)

प्रतिक्रियाहरु

[anycomment]