इजरायलका पूर्व प्रधानमन्त्रीलाई ६ वर्षको जेल सजाय

२०७१ बैशाख ३१ गते, बुधबार

काठमाडौं, ३१ वैशाख। इजरायलका पूर्व प्रधानमन्त्री यहुद ओल्मर्टलाई घुसखोरीको मुद्दा प्रमाणित भएपछि ६ वर्षको जेल सजाय सुनाइएको छ । सजाय विरुद्ध ओल्मर्टले सर्वोच्च अदालतमा अपील गर्ने उनका प्रवक्ताले जनाएका छन् ।
ओल्मर्टका वकिलले भने उनलाई सामुदायिक सेवा दिन अदालत समक्ष आग्रह गरेका छन् । ६८ वर्षीय ओल्मर्टले गत मार्चमा आफूमाथि लागेको आरोप स्वीकार गरेका थिए । जेरुसलमको मेयर रहेका बेला उनले घरजग्गा योजनाको सम्झौताका दुईवटा मुद्दामा गरी २ लाख ५ हजार डलर घुस लिएको आरोप लागेको थियोउनी सन् २००६ देखि सन् २००९ सम्म प्रधानमन्त्री बनेका थिए । भ्रष्टाचारको आरोप लागेपछि उनले राजीनामा गरेका थिए । ओल्मर्ट जेल जाने पहिलो इजरायली पूर्व सरकार प्रमुख बन्न लागेको बीबीसीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]