बहुमत जुटाउदै भाजपा

२०७१ जेष्ठ २ गते, शुक्रबार

काठमाडौं, २ जेठ। भारतीय जनता पार्टीबाट प्रधानमन्त्री पदका प्रत्यासी बनाइएका लोकसभा निर्वाचन-२०१४ का मुख्य आकर्षण नरेन्द्र मोदीले गुजरातको बडोदरा क्षेत्रबाट चुनाव जितेका छन् ।मोदीले कांग्रेसका मधुसन मिस्त्रीलाई ४ लाख मतान्तरले हराएका छन् । मोदी उत्तर प्रदेशको बारणसीमा पनि ४० हजार मतले अगाडी छन् । यस्तै, बिजेपी दलबाट उत्तर प्रदेशकै सुल्तानपुरमा बरुण गान्धी र दिल्लीको चाँदनीचोकबाट डा. हर्षबर्धनले बिजय हात पारेका छन् । कांग्रेसका बरिष्ठ मन्त्री कपिल सिवलले चाँदनीचोकमा हार बेहोर्नुपरेको हो ।
राजधानी दिल्लीका सात वटै निर्वाचन र हिमान्चल, गुजरात तथा राजस्थानका सबै क्षेत्रमा भारतीय जनता पार्टीको अग्रता देखिएको छ । यसअघि बिहार, उत्तर प्रदेशमा रहेको क्षेत्रीय पार्टीहरुको अस्तित्व र प्रभाव पनि यो चुनावमा गौण देखिएको छ । बिहारमा राष्ट्रिय जनता दलकी रावडीदेवी यादव (श्रीमती लालुप्रसाद)को पनि हार निश्चित भएको छ भने बिहार मुख्य मन्त्री नितिश कुमारको जनता दल युनाइटेडको नतिजा स्थिती पनि निकै पछि परेको छ ।
यसैबीच, भारतीय जनता दलको ऐतिहासिक बिजय भएकोमा दलका अध्यक्ष राजनाथ सिंह र बरिष्ठ नेता लालकृष्ण आडवाणीले प्रधानमन्त्री प्रत्यासी नेता नरेन्द्र मोदीलाई फोन गरेर बधाइ दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]