नेपाल भारत सम्बन्ध सुदृढ बनाउँछौं : मोदी
काठमाडौं , ५ जेठ । भारतका प्रधानमन्त्रीका उमेद्वार नरेन्द्र मोदीले नेपाल भारतको पुरानो र गहिरो मित्र भएको बताएका छन् । आफूले नेपालसँग विभिन्न क्षेत्रहरुमा सम्बन्ध सुदृढ बनाउने बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय रहने ६३ वर्षीय मोदीले आफ्नो ट्वीटमा लेखेका छन्-’नेपाल एक पुरानो र गहिरो महत्वपूर्ण मित्र हो । हामी नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध सुदृढ गर्न प्रतिवद्ध छौं ।’