चीन र रुसबीच ग्यास खरिद–विक्रीको सम्झौताचीन र रुसबीच ग्यास खरिद–विक्रीको सम्झौता

२०७१ जेष्ठ ८ गते, बिहीबार


काठमाडौ ८ जेष्ठ ।चीन र रुसबीच ठूलो परिमाणमा ग्यास खरिद–बिक्रीको सम्झौता भएको छ । चीन भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आउँदो तीस वर्षसम्मका लागी चीनलाई ग्यास आपूर्ति गर्ने सम्झौता गरेका हुन् ।
रुसी ग्यास कम्पनी गैजप्रोम र चीनको नेशनल पेट्रोलियम कर्पोरेशनबीच भएको सम्झौताको मूल्य सार्वजनिक नगरिएपनिकरीब चार सय अरब डलरभन्दा बढीको हुनसक्ने अनुमान गरिएको छ । यूक्रेन मामलामा युरोपियन युनियनसँगको विवादले युरोपियन बजार गुमाएको रुस पूर्वतर्फ मोडिएर चीनसँग सम्झौता गरेको हो ।सांघाईमा भएको एक सम्मेलनका क्रममा करीब ३८ अरब घनमीटर ग्यास आपूर्तिको सम्झौतामा गरिएको हुनसक्ने बताइएको छ । चीनले हाल म्यानमार, तुर्कमेनिस्तानलगायत देशबाट प्राकृतिक ग्यास आपूर्ति गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]