पाकिस्तान र श्रीलंकाले भारतिय माझीहरुलाई रिहा गर्ने

२०७१ जेष्ठ ११ गते, आईतवार


काठमाडौ, ११ जेठ ।आफ्नो सपथ ग्रहण समारोहमा बोलाएर नव निर्वाचत भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सबै राज्य प्रमुखहरुलाई प्रभाव पार्न देखिन थालिसकेको देखिएको छ । श्रीलंकन राष्ट्रपती महेन्दा राजापक्षेले ट्विटमार्फत आफ्नो देशका जेलमा भएका माझीहरुलाई रिहा गर्ने बताएका छन् ।
यद्यपी कतिजना माझीहरुलाई रिहा गर्न लागिएको हो, त्यो उल्लेख छैन । त्यसैगरी पाकिस्तानले पनि आफ्नो सामुद्रिक क्षेत्रमा प्रवेश गरेर माछा मारेको आरोप लगाएर जेलमा थुनेका भारतिय माझीहरुलाई भोलीकै दिन पारेर रिहा गर्ने बताएको छ । गुजरात, दमान,दिउ,दद्रा र नगर हभेलीका माझीहरु पाकिस्तानी जेलमा छन् । तिमध्ये अधिकांश गुजरातकै छन् ।
पाकिस्तानबाट रिहा गरिने माझीहरुलाई लिन गुजरातबाट गुजरात राज्य सरकारका तर्फबाट अधिकारीहरु पन्जाबको वाघा बोर्डरतर्फ खटाइ सकिएका छन् ।
कराँचीलाई आधार मानेर संचालित पाकिस्तानी ‘फिस फोरम’ नामक एनजिओका अध्यक्ष मोहम अली शाहले यो कदमलाई एकदमै उचित ठहयाएका छन् । भन्छन् , ‘यो सही समयमा सही निर्णय हो ।’ विश्लेषकहरु भन्छन् -मोदी रणनिती एक हप्तामै सफल भएको देख्न पाइयो ।

प्रतिक्रियाहरु

[anycomment]