कार्यभार सम्हाल्दै मोदी

२०७१ जेष्ठ १३ गते, मंगलवार

नयाँ दिल्ली, १३ जेठ । भारतका नव नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको रुपमा कार्यधार सम्हाल्ने भएका छन् ।हिजो साँझ भव्य समारोहका बिच प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका मोदीले आज बिहान कार्यालय समयमा प्रधानमन्त्री पदको कार्यभार सम्हाल्ने भएका हुन् ।
यसका साथै मोदीले गठन गरेको ४५ सदस्यीय मन्त्रिमण्डलका सदस्यहरुलाई पनि आज मन्त्रालयको टुंगो लगाउने तयारी गरिएको छ । ती मध्य केहि मन्त्रीहरुको मन्त्रालयको टूंगो लागिसकेको छ भने केहि मन्त्रीहरुको मंन्त्रालयको टुंगो लाग्न बाँकी छ ।
भारतमा ३० बर्ष पछि एउटै पार्टीले बहुमत ल्याएको भए पनि मोदीको सरकारमा गठबन्धनभित्रका सबै दल सहभागि भएका छन् ।
भारतीय जनता पार्टी नेतृत्वको नेश्नल डेमोक्रेटिक एलाईन्स एनडिए गठबन्धनमा अरु चार दल सहभागि छन् । गठबन्धनमा रहेका चार वटै पार्टीबाट एक एक जना मन्त्रीले हिजै सपथ खाईसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]