रुस र युक्रेनबीचको सम्बन्ध बिग्रदै
काठमाडौँ । रुस र युक्रेनबीचको सम्बन्धमा दरार बढ्दै गएको छ । रुस समर्थित पृथकतावादी विद्रोहीहरुले युक्रेनको सैनिक हेलिकप्टर खसालिदिएपछि घटनाले चरम रुप लिएको छ ।
युक्रेनको पूर्वी भागमा उडिरहेको सैनिक हेलिकप्टरलाई बिहिबार विद्रोहीले गोली हानी खसालिदिएका हुन् ।हेलिकप्टरलाई विष्फोट गराउ“दा हेलिकप्टरमा सवार एक जनरलसहित १४ जना सैनिकको ज्यान गएको छ । विद्रोहीहरुको नियन्त्रण्ँ क्षेत्र स्लोभियान्स्कमा हेलिकप्टरले खसालेका हुन् ।युक्रेनी सेनाको अखडामा सैनिकहरु लाने क्रममा हेलिकप्टरमा आक्रमण गरिएको अधिकारीहरुले बताएका बीबीसीले जनाएको छ ।