घुस खाएर कतारलाई विश्वकप गर्न दिएको आरोप
काठमाडौ, १९ जेठ ।कतारलाई सन् २०२२ को विश्वकप आयोजना गर्न दिने विवादास्पद निर्णयको लागि फिफाले ५० लाख अमेरिकी डलर घुस लिएको आरोप लागेको छ । बेलायतको चर्चित पत्रिका दी सन्डे टाईम्सले आफूले गोप्य ईमेल, पत्र र बैंक ट्रान्सफरको कागजात प्राप्त गरेको दाबी गर्दै यस्तो खुलासा गरेको हो ।
कतारी फुटबल अधिकारी मोहम्मद बिन हमालले आफ्नो देशलाई विश्वकप फुटबल आयोजना गर्न दिएबापत फिफा अधिकारीलाई ५० लाख अमेरिकी डलर घुस दिएको आरोप लगाइएको छ ।हमामले निर्णय हुनु एक बर्षदेखि आफ्नो देशको पक्षमा लबिङ गरेको दाबी सन्डे टाईम्सले गरेको छ । हमालले अपि|mकी फुटबल अधिकारीलाई समेत आफ्नो पक्षमा पार्न रकम दिएको खुलासा समाचारमा गरिएको छ ।कतारले भने आफ्नो बचाउ गर्दै हमालले आफ्नो देशमा विश्वकपको लागि लबिङ नगरेको दाबी गरेको छ । फिफाका प्रमुख अनुसन्धानकर्ता माईकल ग्रेसियाले २०१८ र २०२२ को विश्वकप आयोजना गर्न दिन भ्रष्टाचार भएको भन्ने आरोपमाथि छानबिन सुरु गरिसकेका छन् । उनले सोमबार ओमानमा कतारका फुटबट अधिकारीलाई भेट्ने छन् ।- एजेन्सी