विश्वकपको ६५ हजारद्वारा प्रत्यक्ष अवलोकन

२०७१ जेष्ठ ३० गते, शुक्रबार

काठमाडौं, ३० जेठ ।फुटवलको महाकुम्भ मानिने विश्वकप फुटवल २०१४ भव्यताका साथ उद्घाटन भयो ।आयोजक राष्ट्र ब्रजिलको साओ पाउलो रङ्गाशालामा भएको उद्घाटन कार्यक्रमको ६५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए ।
ब्रजिल र क्रोएशिया बिचको उद्घाटन खेल अघि झण्ड्रै आधा घण्टा भएको उद्घाटन कार्यक्रममा ६ सय जना कलाकारले ब्रजिलको कला, संस्कृति, भेषभुषा रहनसहन तथा त्यहाँको फुटवल मोह झल्कने किसिमको नृत्य प्रस्तुत गरेका थिए ।ती कलाकारहरुबाट विभिन्न ३ वटा प्रस्तुती प्रस्तुत गरियो । उनीहरु रुख, फुल, विभिन्न सांगितिक वाद्यबाधन, तथा फुटवलको आकार तथा रङ्गमा सजिएका थिए ।
विश्व प्रसिद्ध पपस्टार जेनिफर लोपेज, र्‍यापर पिटबुल र ब्रजिली गायिका क्लाउडिया लेट्टीले यो बर्षको बिश्वकपको थिम सङ वि आर वान प्रस्तुत गरेका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]