नरेन्द्र मोदीले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य बारे चासो लिए

२०७१ असार १७ गते, मंगलवार


काठमाडौं, १७ असार । भारतीय प्रधानमनन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यबारे चासो राखेका छन् । प्रधानमन्त्री मोदीले पत्र लेख्दै प्रधानमन्त्री कोइरालाको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
भारतीय दुतावासमार्फत पठाइएको पत्रमा स्वास्थ्य लाभको कामनासहित आपसी हितका विषय पनि उल्लेख गरिएको छ । नेपाल र भारत नजिकका सहयात्री छिमेकी मुलुक भएकाले आपसी हितका विषयमा समझदारी आवश्यक छ म त्योभन्दा पहिला तपाईको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु, पत्रमा भनिएको छ ।मोदीले पत्रमा सपथ ग्रहण समारोहमा सहभागि भएकोमा धन्यवाद पनि दिएका छन् । फोक्सोको क्यान्सर भएपछि कोइराला अमेरिकामा उपचार गराइरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]