लाइबेरियामा संकटकाल घोषणा

२०७१ श्रावण २३ गते, शुक्रबार


काठमाडौं । पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा संक्रामक रोग ‘इबोला भाइरस डिजिज (इभीडी)’ फैलिएकोले त्यहाँ आपात्काल घोषणा गरिएको छ। त्यहाँकी राष्ट्रपति इलेन जोनसोन सरलिफले तीनमहिने संकटकालको घोषणा गरेकी छन्।
मोनरोभिया (बीबीसी), श्रावण २३ – पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा संक्रामक रोग ‘इबोला भाइरस डिजिज (इभीडी)’ फैलिएकोले त्यहाँ आपात्काल घोषणा गरिएको छ। त्यहाँकी राष्ट्रपति इलेन जोनसोन सरलिफले तीनमहिने संकटकालको घोषणा गरेकी छन्। त्यहाँ उक्त रोगका कारण २ सय ८२ को मृत्यु भइसकेको छ। उक्त रोगबाट प्रभावित मुलुकको पश्चिम क्षेत्रका नागरिकलाई रोक्न सेनाले राजधानी मोनरोभियामा नाकाबन्दी गरेको छ। खाद्य सामग्रीका लागि राजधानीमा आश्रति उक्त क्षेत्रका जनता थप मारमा परेका छन्।त्यहाँ इबोला भाइरस संक्रमणले घातक रूप लिएको छ। यसको चपेटामा परी गिनी, सियरालियोन र नाइजेरियामा ९ सय ३० भन्दा बढीको ज्यान गएको छ। कंगो, युगान्डा र सुडानमा पनि यो फैलिँदै छ। सियरो लियोनले रोग प्रभावित पूर्वी क्षेत्रमा पूर्ण नाकाबन्दी गरेको छ। सेनेगलले पनि गिनीसँग जोडिएको सीमा बन्द गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले उक्त घातक संक्रमणको सामना गर्न सकिने उपायको बारेमा स्विटजरल्यान्डमा बैठक गरिरहेको छ। उक्त दुई दिने बैठकमा उक्त रोगलाई विश्व स्वास्थ्य संकट घोषणा गर्ने वा नगर्ने सम्बन्धमा निर्णय हुनेछ।उक्त रोगको विश्वव्यापी प्रभावसमेत परेको छ। इबोलाले प्रभावित पश्चिम अफ्रिकी मुलुकका नागरिकलाई हजका लागि भिसा नदिने साउदी अरबले जनाएको छ। मुलुकको सबै विमानस्थल र बन्दरगाहमा उक्त भाइरस प्रभावित तीर्थ यात्रीको पहिचानका लागि विशेषज्ञ चिकित्सकीय टोली तैनाथ गरिएको साउदी सरकारले जनाएको छ। सियरा लियोनबाट उक्त भाइरसबाट प्रभावित आफ्ना एक नागरिकको अज्ञात स्थलमा उपचार भइरहेको पनि उसले भनेको छ।
डब्लूएचओको अनुसार इबोला एकखाले भाइरल रोग हो। सुरुमा अचानक ज्वरो आउनु, टाउको दुःखनु, कमजोरी महसुस हुुनु, मांशपेसीमा दुखाइ र घाँटी खसखस हुनु उक्त रोगको लक्षण हो। त्यसपछि वान्ता, झाडापखाला, मिर्गौला र कलेजोको क्षमता ह्रास आई शरीरको आन्तरिक एवं बाह्य भागमा रक्तस्राव हुन थाल्छ।- एजेन्सी
चिम्पाञ्जी, चमेरो र हरिणजस्ता संक्रमित पशुको सम्पर्कबाट मान्छेमा यो रोग सर्छ। संक्रमितको रगत, द्रव्य वा अंगमार्फत पनि यो फैलिन्छ। संक्रमित व्यक्तिको शवलाई छुँदा पनि उक्त रोग लाग्ने हुनाले अन्तिम संस्कार पनि जोखिमपूर्ण मानिन्छ।
बिनासावधानी उपचार गर्ने चिकित्सकलाई पनि उक्त रोग सर्ने सम्भावना रहन्छ। त्यहाँ थुप्रै चिकित्सकको पनि मृत्यु भइसकेको छ। संक्रमणको चरणसम्म पुग्न दुई दिनदेखि तीन सातासम्म लाग्ने हुनाले यसको पहिचान गर्नु कठिन छ। निको भएको सात सातासम्म पनि संक्रमितबाट रोग सर्ने सम्भावना कायमै रहन्छ।सार्वजनिक थलोमा साझा तौलियासमेत प्रयोग नगर्न डब्लूएचओले सुझाव दिएको छ। उपचार गर्नेले पनि पञ्जा र मास्क लगाउनु पर्ने तथा निरन्तर हात धोइराख्नुपर्ने उसले भनेको छ। डब्लूएचओले वन्यजन्तुको मासु नखान अपिल गरेको छ। उक्त रोगको उपचार फेला नपरे पनि नयाँ औषधिहरूको प्रयोग जारी छ। उक्त रोग लागेमा ५०/६० प्रतिशत मृत्युको सम्भावना हुन्छ।

प्रतिक्रियाहरु

[anycomment]