भारतमा इबोला भाइरस भेटिएको हल्ला मात्र

२०७१ भाद्र ३ गते, मंगलवार

काठमाडौ, ३ भदौ । अफ्रिकी मुलुक नाइजेरियाबाट भारत आएका व्यक्तिमा शंका गरिएको इबोला भाइरस संक्रमणको परीक्षण नतिजा नकारात्मक आएको छ ।भारतको पुणेस्थित नेसनल भइरोलोजी इन्ष्टिच्युटमा दोस्रो परीक्षण गर्दा ती व्यक्तिमा इवोलाको संक्रमण नभेटिएको हो । यसअघि नेशनल सेन्टर फर डिजिज कन्ट्रोलमा परीक्षण गर्दा संक्रमणको शंका गरिएपछि थप ६ घन्टा लामो परीक्षण गर्नु परेको थियो । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. लिङ अङले भारतको इबोला संक्रमण परीक्षण नकारात्मक आएको जानकारी दिए ।
नाइजेरियाबाट नयाँ दिल्ली आएका तीनजनामा इबोला संक्रमण भएको हल्ला चलेपछि नेपालमा पनि चासो बढेकाले सोमबार दिनभरजसो नेपाली सञ्चारमाध्यममा यसलेस्थान पाएको थियो । दक्षिण एसियामा हालसम्म इबोलाको संक्रमण देखिएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]