मालद्वीपका पूर्व राष्ट्रपतिलाई मार्ने चेतावनी

२०७१ आश्विन १९ गते, आईतवार


काठमाडौं । मालद्वीपका पूर्व राष्ट्रपति मोहमद नसिदलाई बेलायत भ्रमणको समयमा इस्लामी कट्टरपन्थीहरूले उहाँलाई मार्ने चेतावनी दिएको र यसबाट उहाँ त्रस्त रहनुभएको उहाँको कार्यालयले आइतबार उल्लेख गरेको छ ।
उहाँलाई सन् २०१२ को फेब्रुअरी महिनामा शासनबाट हटाइएका थियो र उहाँले इस्लामी कट्टरपन्थीहरूको समर्थनमा सुरक्षाकर्मीहरूले बलपूर्वक पदमुक्त गराएको दाबी गर्नुभएको थियो । उहाँले गत साता कन्जरभेटिभ पार्टीको महासभामा भाग लिनजाँदा हत्याको चेतावनी प्राप्त गरेको बताइएको छ ।
इस्लामी कट्टरपन्थीहरूले उहाँलाई ज्यानमार्ने धम्की दिएको उहाँको कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विज्ञप्तिमा उहाँलाई टेलिफोनमा धम्की दिइएको, त्यसपछि माल्दिभियन डेमोक्र्याटिक पार्टीको मुख्यालयमा आक्रमण गरिएको र मालद्वीपको राजधानी मालेमा उहाँको घरमा पनि आक्रमण भएको बताइएको छ ।
पूर्व राष्ट्रपति नसिदले मालद्वीपमा कट्टरपन्थी विचारधारा तथा असंवेदनशीलता बढेको पटकपटक बताउनुभएको थियो । उहाँले हालका दिनमा इस्लामीहरूले यस प्रकारको अपराध गर्न अपराधी समूहलाई प्रयोग गर्ने गरेको पनि उल्लेख गर्नुभएको थियो ।
विज्ञप्तिमा मालद्वीपको प्रहरी धार्मिक कट्टरपन्थीहरूसँग सम्बन्धित हिंसालाई नियन्त्रण कायम गर्न असफल भएको आरोप लगाइएको छ ।
नसिदको कार्यालयले बेलायतको महानगरपालिका प्रहरीले उहाँको गुनासोमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
मालद्वीप मुगाको द्वीप तथा तटहरूको समूहका लागि पर्यटकका लागि आकर्षण बनेको छ । यहाँका तीन लाख ३० हजार सुन्नी मुसलमान समूहमा हाल धार्मिक असहिष्णुपना देखिन थालिएको छ ।- एएफपी

प्रतिक्रियाहरु

[anycomment]