युद्धविराम भएको छैन : बोको हराम
काठमाडौं। नाइजेरियामा संघर्षरत चरमपन्थी संगठन बोको हरामले सरकारसँग कुनै पनि सहमति वा सम्झौता नभएको बताएको छ । नाइजेरिया सरकारले बोको हरामसँग युद्ध विराम सम्झौता भएको र उनीहरुले अपहरण गरेका दुई स्कुले छात्रा रिहा गर्ने जनाएको थियो ।
तर बोको हरामले भने एक भिडियो सन्देश जारी गर्दै सरकारले भने जस्तो सम्झौता नभएको तथा अपहरणमा परेका स्कुले छात्राले इस्लाम धर्म अपनाएको र उनीहरुको विवाह गरिदिएको जनाएको छ । नाइजेरियको सेनाले भने गएको अक्टुबर १७ मा युद्धविरामको घोषणा गर्दै बोको हरामले केही दिनमा अपहरित छात्राहरुलाई रिहा गर्ने जनाएको थियो ।